यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मंगलबार, माघ २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । 
युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको छ । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार