४ सयले घट्यो सुनको मूल्य 

सोमबार, माघ २२, २०८०

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो ।  
आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार