सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणको अभियानतालाई सम्मान गर्ने कार्यक्रम छ । सम्मेलनमा मानक थारू भाषाको कार्यान्वयन पक्षबारे कार्यपत्र प्रस्तुत हुनेछ । थारू समुदायको इतिहास, धर्म र संस्कृतिबारेको विज्ञसँग छलफल हुने जनाइएको छ । २०७८ को जनगणनाअनुसार नेपालमा १८ लाखको हाराहारीमा थारू समुदायको बसोवास छ ।