सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : नेपाल जापान समिटका लागि नेपाल आएका जापानका विज्ञ र जापान सरकारका प्रतिनिधिले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेका छन् । आइडिया स्टुडियो र लिडएक्स नेपालको आयोजनामा भएको तीन दिने नेपाल–जापान समिटमा सहभागी हुन नेपाल आएको जापनी टोलीले शनिवार महानगरप्रमुखसहितको टोलीलाई भेट गरेको हो । भेटवार्तामा ललितपुर महानगरमा फोहोर व्यवस्थापनका लागि भएको कामको बारेमा उनीहरुले जानकारी लिएका थिए । त्यसैगरी जापानमा फोहोर व्यवस्थापनका लागि भएको कामको बारेमा समेत उनीहरुले चर्चा गरेका थिए । जापानी संस्था फोर्थ भ्यालीसँगको सहकार्यमा भएको समिट शनिवारसम्म चलेको आइडिया स्टुडियोका प्रबन्ध निर्देशक डा छिरिङ लामाले बताए । उक्त समिट बिहीबारबाट सुरु भएको हो । समिटमा जापानका २० व्यापारिक कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसगँको भेटमा आएको टोलीमा फोहोर व्यवस्थापनमा काम गरेको संघसंस्थासहित जापान सरकारको प्रतिनिधिको समेत सहभागिता रहेको थियो । महानरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा सहकाय गर्न तयार रहेको बताए । उनले भने, ‘हामीे एक अर्काको असल अभ्यासहरु सिक्न र सिकाउन सक्छौं , त्यसका लागि महानगर तयार छ । ’ फोर्थ भ्यालीकी कार्यकारी निर्देशक अकि टेकेडाले ललितपुर महानगरसँग आफूहरु अनुभव, प्रविधि र अनुभव साटासाट गर्न इच्छुक भएको बताइन् । ललितपुर महानगरले फोहोर व्यवस्थापनको सम्बन्धका चासो व्यक्त गरेकी थिइन् । कार्यक्रममा महानगरका वातावरण इन्जिनियर प्रदीप अमात्यले ललितपुर महानगरले गरेको फोहोर व्यवस्थापन लगायतको विषय समेटेर तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपालमा जापानी लगानीको सम्भावनाबारे छलफल भएको हुने डा.लामाले बताए । जापानमा कामदारको अभाव भइरहेको बेला नेपाली युवालाई खट्केको रोजगारीबारे पनि समिटमा छलफल भएको थियो । ’२०२४ सम्मेलनले जापानी कम्पनीहरूलाई पर्यटन, शिक्षा र सूचना प्रविधि क्षेत्रका सम्भावित लगानीकर्ताका रुपमा आमन्त्रण गरेको हो,’ डा. लामाले भने। आइडिया स्टुडियोले पहिलो समिट नोभेम्बर २०२२ मा आयोजना गरेको थियो । उनका अनुसार पहिलो सम्मेलनमा आइपुगेका पाँच जापानी कम्पनीले नेपालमा लगानी गरिसकेको छ । सरकारले बैशाखमा गर्न लागेको लगानी सम्मेलनपूर्व भएको यो समिट अत्यन्तै महत्वपूर्ण भएको आयोजकको दाबी छ । यस्तो अन्तरत्र्रिmयाले व्यक्तिगत व्यवसायिक पहलका निम्तिमात्र नभई दुई देशबीच मित्रता र समझदारीका निम्तिसमेत अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।