सुकुम्वासीको घर बनाउन मुख्यमन्त्री कार्कीको श्रमदान

शनिबार, माघ २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–१६ दरैयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । विपन्न र सुकुम्बासी परिवारका लागि उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न स्थानीय बासिन्दा खुसी भएका छन् । स्थानीय शिव राईले आर्थिक अभावमा तीनजना छोराछोरी र दम्पति गरी परिवारका पाँचजना सदस्यसानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको बताए । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायत लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा रहेको उल्लेख गर्दै उनीहरुका लागि घर निर्माणमा श्रमदान गरेको बताए । ‘विपन्नलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको हुँ,’ उनले भने, ‘गरिबका दुःख समाजका सबैले बुझेर एकअर्कालाई सहयोग गर्नु सबैको कर्तव्य हो ।’

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार