सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहिद दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा साताव्यापी चित्रकला प्रदर्शनी सुरु भएको छ । ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’ विषयक सोमबार आयोजित कार्यशालामा सिर्जित कलाकृतिको प्रदर्शनी मंगलबारदेखि सुरू भएको हो । प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे । छोटो जानकारीमा पनि उत्साहका साथ कार्यशालामा सहभागी भएर कला सिर्जनामा जुटेका कलाकर्मीलाई उनले धन्यवाद दिए । आगामी दिनमा अझ सशक्त रूपमा यस्ता कार्यक्रमहरूको आयोजना गरिने प्रतिबद्घता उनले जनाए ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, महिन्द्र सुनार लगायतको उपस्थिति थियो । प्रदर्शनीमा हार्तम्छाली, लालकाजी लामा, भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, संगी श्रेष्ठ र जुपिटर प्रधानद्वारा सिर्जित चित्र छन् ।
साथै कार्यशालामा सहभागी राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशव राज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिं, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेललगायतका कलाकृति पनि छन् । प्रदर्शनी आगामी सोमबारसम्म चल्ने प्रतिष्ठानले जनाएको छ ।