निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

मंगलबार, माघ १६, २०८०

पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार उनी पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको छतबाट सिधै भुइँमा खसेका थिए । भट्टराई पोखरा–८ रत्नचोकमा बस्थे । उनी  पोखराकै न्युरोडस्थित मुक्ति इनर्जी प्रालिका इन्जिनियर थिए । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार