निषेधाज्ञा खारेजीको माग राख्दै फोटो प्रदर्शनी

मंगलबार, माघ १६, २०८०

काठमाडौं । माइतीघर मण्डलामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खारेजीको माग राख्दै नेपाल विद्यार्थी सघंले शान्तिपूर्ण फोटो प्रदर्शन गरेको छ । 
मंगलबार माइतीघरमा भेला भएका विद्यार्थीहरुले उपत्यकाका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोमा आपत्ति प्रकट गर्दै फोटो प्रदर्शनी गरेका हुन् । माइतीघर मण्डलामा भएका ऐतिहासिक आन्दोलनहरुलाई आधार बनाइ फोटो प्रदर्शनी गरिएको हो । संविधानको मर्म र कानुन विपरीत माइतीघरमा भएको निषेधाज्ञा तत्काल खारेजीको लागि शान्तिपूर्ण विरोधमा उत्रिएको नेविसंघ नेता सुशान्त आचार्यले बताए । 

Photo-(2)-(4)-1706618708.jpg

माइतीघर मण्डला साथै अन्य स्थानमा प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न नपाउनेगरी निषेधित क्षेत्र तोकिदा विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको आचार्यको भनाइ छ । 
शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार भएकाले निषेधाज्ञा खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ ।
२०६२÷०६३ को जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पीडित, नागरिक समाज तथा राजनीतिक पार्टीले स्वेच्छाचारितन्त्रका विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा ’माइतीघर मण्डला’ रहँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार