जनसंख्या नीति परिमार्जन गरिँदै  

मंगलबार, माघ १६, २०८०

काठमाडौं । सरकारले जनसंख्या नीति परिमार्जनको तयारी गरेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाइँले यसको जानकारी दिएकी हुन् । चालु आर्थिक वर्षभित्रै नीतिलाई परिमार्जन गरिने उनले बताइन । जनसंख्याको हालको अवस्था अनुसार नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा भएको छलफलमा बोल्दै उनले नीति परिमार्जनका लागि आधिकारिक रुपमा समिति गठन गरिसकेकाले मस्यौदा तयार गरेर स्वीकृतिका लागि अघि बढाइने भनाइ राखिन् ।  


उनले भनिन्, ‘जनसंख्या नीतिलाई परिमार्जन गर्नका लागि आधिकारिक रुपमा एउटा उच्च स्तरको निर्देशक समिति गठन गरेको छौं, अर्को प्राविधिक समिति गठन गरेको छौं र काम अगाडि बढाइसकेका छौं । दबाब पनि छ यही आर्थिक वर्षभित्र र सके एक महिना भित्रमा गर्नुपर्ने छ । सबै निकायको सुझाव लिएर यही आर्थिक वर्षभित्र तयार गरेर स्वीकृतिमा लाने चरणमा हामी योजना बनाएर अगाडि बढेका छौं ।’
लक्ष्य प्राप्त गर्न छुट्टै खालको मोडालिटी अपनाएर अगाडि बढ्नुपर्ने उनले बताइन । उनले भनिन्, ‘हामीले सन् २०३० मा जुन लक्ष्य प्राप्ति गर्नुपर्ने हो, त्यो गर्नका लागि अलिकति छुट्टै खालको मोडालिटी अपनाएर अगाडि बढेनौं भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौं ।’ 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार