झिनो अंकले घट्यो नेप्से

मंगलबार, माघ ९, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । सेयर बजारमा गिरावटले लगातार पाँचौ दिन निरन्तरता पाएको छ । नेप्से मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा झरेर बन्द भएको हो ।  बजार खुलेको १५ मिनेटमा बढेर २०११ अंकमा पुगेको नेप्से अन्तिममा २०९८.२९ बिन्दु कायम भएको छ । यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्सेमा कारोबार भएका कम्पनीमध्ये मिड सोलु हाइड्रो, गुराँस लघुवित्तलगायत १३७ वटाको सेयर मूल्य घटेको छ । मिड सोलु हाइड्रोका लगानकाीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले ओरालो लागेको छ ।  १०३ कम्पनीको लगानीकर्ताले भने कमाएका छन् । चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्किट लागेर बढेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ८६.३० रुपैयाँ बढेर ९४९.३० पुगेको छ । नेपाल ल्युब आयलको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । बजारमा ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको मात्र ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार