सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति खारेज गरिएको पशुपति क्षेत्र विकास कोषका एक जना पूर्व पदाधिकारीलेजानकारी दिएका छन् ।