आइएमई पे एपमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफका प्रडक्ट पाइने

आइतबार, माघ ७, २०८०

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यही माघदेखि एपमा ‘अहिले नखेले कहिले’ नामक एक रुपैयाँको खेल सार्वजनिक गरेको छ । कम्पनीले यसअघि पनि आफ्नो एपभित्र विभिन्न किसिमको खेल गर्दै आएको थियो । आइएमई पेले अहिले अल्टिमा लाइफ स्टाइलसँगको सहकार्यमा एक रुपैयाँको खेल सुरु गरेको हो । उपहारस्वरूप अल्टिमाका १० प्रडक्ट राखिएको छ । आइएमई पे एपका प्रयोगकर्ताले एक रुपैयाँमा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा छुट दिने जानकारी गराइएको छ । साथै, प्रयोगकर्ताले दराज एपबाट माघ ४ देखि ८ गतेसम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अथवा १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार