वैदेशिक रोजगार व्यवसायीले बुझाए १९ बुँदे ज्ञापन

आइतबार, माघ ७, २०८०

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबिच तालमेल नहुँदा नतिजा आउन  नसकेको बताएका छन् । आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरुका लागि आवश्यक सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए ।  उनले भने,‘सरकारी निकायसँग आवश्यक समन्यव नभएका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उठाएको मुद्दाहरुको प्रभावकारी नतिजा आउन सकेको छैन । व्यवसायी संघले लामो समयदेखि जरुरी मुद्दाहरु उठाइरहको छ तर त्यसको नतिजा आउन सकिरहेको छैन । हाम्रो नीति एकातिर र काम अर्कैतिर भयो । पपुलिस्टिक भयो तर रियालिस्टिक भएन ।’ 

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लिने गरिएको सेवा शुल्क चाँडै निर्धारण गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ । सरकारले निर्धारण गरेको सेवाशुल्कका विषयमा थप छलफल गर्नुपर्ने साथै कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा सबैपक्षबिच घनिभुत छलफल गर्नुपर्ने उनको धारणा थियो । 
यस्तै ज्ञापन पत्र बुझ्दै श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले १९ बुँदे मागकाबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उक्त विषयमा छलफल अगाडी बढाउनुपर्ने बताए । 
उनले वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरुले लिने सेवा शुल्क र वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाको लागि नेपाल व्यवसायी संघले उठाएका मागहरुप्रति मन्त्रालय सकारात्मक रहेको बताए । 
उनले भने, ‘आज वैदेशिक रोजगारको संवेदनशीलता, कामदारहरुको सुरक्षा, हक, अधिकार, सामाजिक सुरक्षामा मन्त्रालय गम्भिर छ । वैदेशीक रोजगारमा अहिले भइरहेको बेथिति हटाउनका लागि संघले चालेको भूमिका सराहनीय छ । ’ फ्रि भिसा फ्रि टिकटका बारेमा बुझाई र सेवा शुल्कबारेको बुझाइमा एकरुपता हुन नसको उनको भनाई छ । वैदेशिक रोजगारसम्बन्धी कानून शंसोधनका लागि आफूहरुले छलफल अगाडि बढाएको भन्दै केही दिन भित्रमै टुंगोमा पुग्ने विश्वास दिलाए । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार