एकीकृत समाजवादीको एक वर्षको आम्दानी आठ करोड 

पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्री तथा सहयोग आम्दानीको स्रोत 
शनिबार, माघ ६, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको गत आर्थिक वर्ष २०७९-८० को लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।  
पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।  पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ ।
चालु आर्थिक वर्षको बचत र अघिल्लो  वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ । 
पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार