यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

शनिबार, माघ ६, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५पैसा रहेको छ ।  त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ ।  शुक्रबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार