त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित

शनिबार, माघ ६, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो
त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निर्णयानुसार शैक्षिक क्यालेण्डर प्रकाशित गरिएको परीक्षा नियन्त्रक कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ । पनिकाका अनुसार भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने छ । शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ । माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ।

Tu-1705714612.webp

त्रिविले बनाएका कानुनमाथि संसदीय समितिले देखायो चासो
संसदीय समितिले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ८९ वटा कानुन बनाइएको प्रति चासो देखाएको छ। सो ऐनमा टेकेर ५ नियम, ३४ विनियम, ३४ कार्यविधि, १६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएकोप्रति समितिले चासो देखाएको हो । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालयले बनाएको ८९ वटा कानुनप्रति चासो देखाएका हुन्।
बैठकमा सहभागी त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले ऐनले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेका कारण विनियम बनाइएको बताए। परियोजना नयाँ आउँदा त्यसकालागि नयाँ कानुनको आवश्यकता पर्ने उनको भनाइ छ। ऐनले दिएको अधिकार भन्दा बाहिर गएर नियम बनाउने नियत नभएको उनले बताएका छन्। सांसदहरूले आफूलाई जति बेला जे कुरा चाहियो त्यसकालागि कार्यविधि बनाइएको प्रति आपत्ति जनाएका थिए।

त्रिविले दियो स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका
त्रिभुवन विश्वविद्यालयले विभिन्न ब्याचका स्नातकोत्तर र एमफीलका लिखित परीक्षा उत्तीर्ण गरेका विद्याथीहरुलाई थेसिस, प्रयोगात्मक, सैद्धान्तिक परीक्षाका लागि मौका प्रदान गरेको छ ।
त्रिवि प्राज्ञिक परिषद्को स्थायी समितिको पुस २५ गतेको बैठकले यस्तो निर्णय गरेको भन्दै कार्यान्वयनका विभिन्न संकायको डीन कार्यालयमा परिपत्र गरेको छ ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षा शास्त्र सङ्काय, परीक्षा सुधार तथा समन्वय परिषद्को पुस २३ को बैठकबाट सिफारिस भई आएबमोजिम त्रिविमा स्नातकोत्तर तह र एमफिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेको परीक्षार्थीहरूको लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेको परीक्षार्थीहरूको हकमा २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूको लागि मात्र २०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पसरविभागमा बुझाई भिभा समेत गर्ने गरी एक पटकको लागि मात्र अवसर दिने साथै एम।फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुका लागि समेत उल्लेखित अनुसारनै गर्ने भनी निर्णय भएको हुँदा सो को लागि स्वीकृति दिने निर्णय भएको परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार