सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा एक सदस्यको पद थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो सदस्य थपेको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ लाई संशोधन गर्दै ६ सदस्यबाट सात सदस्य बनाउने निर्णय सरकारले गरेको हो । योजना आयोगमा यसअघि एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था थियो । तर मन्त्रिपरिषद्ले आयोगमा एक महिलासहित सात सदस्य रहने निर्णय गरेको हो । आदेशको दफा ३ मा संशोधन गर्दै भनिएको छ, ‘राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७४ को दफा तीनको उपदफा दुईको खण्ड ग को सट्टा देहायको खण्ड ग राखिएको छ । खण्ड ग मा भनिएको छ, नेपाल सरकारबाट नियुक्त कम्तीमा एक महिलासहित बढीमा सात जना सदस्य ।