ठेचो, झरुवारासी, चापागाउँ, टाखेल, टीकाभैरव, लेले, नल्लु, क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने 

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न स्थानका विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
गोदावरी नगरपालिकाका वडा नम्बर ५ र ६, ११, १२, १३, नम्बर वडामा बिजुली ६ घण्टासम्म बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, टाखेल, नल्लु, चापागाउँ, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ । 
निर्धारित समयभन्दा अगाडि नै फिडर तान्ने काम सम्पन्न भएमा प्राधिकरणले ४ बजे अगाडि नै लाइन सुचारु गर्नसक्ने पनि जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार