को हुन् नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त पर्वतकुमार कार्की

बिहीबार, माघ ४, २०८०

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनी हाल किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । उनी २०७९ साउनमा किसान लघुवित्तको सीइओ नियुक्त भएका थिए ।
कार्कीसँग राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनी प्रतिस्पर्धामा थिए । पण्डित र पंगेनीलाई पछि पारेर नियुक्ति पाउन सफल कार्की कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनलाई कोषमा नियुक्ति दिलाउनका लागि उदयरपुरबाट निर्वाचित कांग्रेस नेता डा. नारायण खड्काले पनि जोडबल गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार