आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरिंदै

बिहीबार, माघ ४, २०८०

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउन लागेको छ। मन्त्रिपरिषद्‍को बुधबार बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ । सरकारले संसद् अधिवेशन बोलाउनुपर्ने बेलामा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्‍ले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‍मा लाने निर्णय पनि गरेको छ ।
बैठकले विभिन्न चार संस्थामा नियुक्तिको निर्णय पनि गरेको छ। नागरिक लगानीकोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा। रवि मल्ल, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने र सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्‍ले गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार