भारतको जम्मु–कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए

बुधबार, माघ ३, २०८०

काठमाडौं । भारतको जम्मुकश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । जम्मुकश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका हुन् । तीमध्ये १६०० भन्दा बढी त जम्मुकश्मीर प्रहरी रहेको उनले बताए ।

देशका विभिन्न सेनाका करिब ६००० बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन्ती मध्ये १६०० भन्दा बढी जम्मु र कश्मिर पुलिसका मात्र हुन्स्वेनले १२औं शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा भनेका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार