अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्यो

बुधबार, माघ ३, २०८०

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३२.६२ रुपैयाँ रहँदा बिक्री दर १३३.२२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.३२ रुपैयाँ र बिक्री दर १३२.९२ रुपैयाँ कायम थियो । यस्तै, १ युरोको खरिद दर आज १४४.४२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.०७ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.४९ रुपैयाँ थियो । आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.५८ रुपैयाँ र बिक्री दर १६८.३४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.४३ रुपैयाँ र बिक्री दर १६९.१९ रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार