बाटोले विकासको ढोका खोल्यो : अर्थमन्त्री महत

मंगलबार, माघ २, २०८०

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावनाको ढोका खुलेको बताएका छन् ।  नुवाकोटको शिवपुरी–५ मा शेराबगर विकास समाजद्वारा सोमबार आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्गले विकासको ठूलो सम्भावना खुलेको बताए ।  ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरित भएको छ,’ उनले भने, ‘०४६ सालपछि विकास गाउँ पस्यो । मध्यपहाडी लोकमार्गपछि सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरणको बाटो खुल्यो ।’ 

WhatsApp-Image-2024-01-16-at-17.28.39-1705409056.jpeg
त्यस्तै, उनले रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको बताए । उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री महतले भने, ‘उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’ देशमा आवश्यकता धेरै र आम्दानी थोरै रहेकाले सबै क्षेत्र समेट्न गाह्रो भएको उनको भनाइ थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार