डिल्लीबजार कारागार पुग्ने आगन्तुकको गुनासो; ‘समान राख्न लकर नै लक हुन्न, प्रहरीले हेर्नै मान्दैन’

मंगलबार, माघ २, २०८०

काठमाडौं । अपराध गरे वापत कैद तोकीएका कैदी बस्ने सरकारी बासस्थानलाई कारागार भनिन्छ । पछिल्लो समय त्यसलाई सुधारगृह पनि भन्ने चलन छ । तर, कुनै पनि कारागारमा बसेका कैदी त्यहाँबाट निस्कँदासम्म सुधारीएर होइन, बरु झन् ठूला अपराध गर्ने योजना सिकेर निस्कने गरेको पाइन्छ । प्रहरीले गरेको अनुसन्धानले पनि त्यही जनाउँछ ।
त्यसमा कारागार कार्यालय डिल्लीबजारका थुनुवाको पनि उही हालत हो । तर, कैद बसिहाल्नु पर्यो भने डिल्लीबजार कारागार रोज्ने चलन व्यापक छ । किनकी, त्यहाँको भेटघाट अन्यत्रको भन्दा सहज छ । अनी भेटघाटका लागि समयको पावन्दी पनि छैन ।
कैदी भेट्न जाँदा त्यहाँको सुरक्षा चेकजाँच पनि अन्यत्रको जस्तै 'फर्मालिटी' पूरा हुन्छ । कैदी भेटन जाँदा सुरक्षाकर्मीको अनूमती बीना साथमा केही पनि लान त पाइदैन । त्यतीसम्म ठिक हो । तर, साथमा लैजान नपाइने भएपछि त्यस्तो समानको राख्ने व्यवस्था पनि गरिदिनु पर्ने । हिजोआज पर्स, मोवाइल, कलम नबोक्ने कमै हुन्छन् । त्यो समान समेत भित्र 'एलाउ' छैन ।

dillibazar-jail-1705406588.jpgहुनत १८ वटा छुट्टाट्टै चावी लगाउने स.साना लकर भएको एउटा ठूलो दराज त्यहाँ राखिएको छ । तर, अधिकांश लकर बन्द हुन्न, भैहाले अर्को चावीले पनि खुल्छ । प्रहरीसँग कम्प्लेन गर्यो भने, त्यो हाम्रो काम होइन, कारागार प्रशासनलाई भन्नुस् भन्छ । कारागार प्रशासनमा गुनासो राख्यो चासो दिँदैन । बरु, प्रहरीले नजिकैको चमेना गृहतिर समान राख्ने संकेत गर्छ । चमेना गृहले समान एकैछिन हेरिदिएकै २० रुपैया दस्तुर लिन्छ । अझै आगन्तुकले भित्र गएर माक्स लगाओस्न(लगाओस् प्रहरीले बाहिरबाट माक्स नदेखाएसम्म भित्र छिर्नै दिन्न । बजारमा ५ रुपैया पर्ने माक्स त्यहाँको चमेनागृहमा १० का दरले असुल गरिन्छ ।
नेपाल प्रहरीको अनाश्रीत गुल्मले सुरक्षा दिएको डिल्लीबजार कारागारभित्र बाहीर कडै चेकजाँच गरिएजस्तो पार्न यदाकदा जुत्ता समेत खोल्न लगाइन्छ तर, जेलभित्र भने खैनी सुर्ती, चुरोट, गुट्खा पनि सहजै किन्न पाइन्छ ।
कम्तीमा आगन्तुकको सजिलोका लागि भैरहेको लकरको उचित व्यवस्थापन वा साथमा लगेको मोवाइल पर्स हेरिदिने सम्म व्यवस्था हुनै पर्ने देखिन्छ । माक्स र समान राख्ने नाममा चमेनागृहको व्यवसाय बढाइदिनेतर्फ प्रहरी र कारागार प्रशासनको ध्यान नजाँदा उचित हुन्थ्यो कि रु

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार