न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

आइतबार, पुस २९, २०८०

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।
उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार