मालदिभ्सका राष्ट्रपति मुइज्जु चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता

बिहीबार, पुस २६, २०८०

काठमाडौं । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीनको औपचारिक भ्रमणमा रहेका छन् ।  चिनीयाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा मुइज्जु चीनको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका हुन् ।
यस अवधिमा उनले धेरै महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।  दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । मुइज्जुले दुई देशबीचको सामाजिक–आर्थिक सम्बन्ध र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चिनियाँ अधिकारीहरूसँग भेटघाट पनि गरेका छन् ।
माल्दिभ्स र चीनबीच २० वटा ठूला सम्झौताहरू आदानप्रदान भएका छन् । सम्झौतामा हस्ताक्षर गर्ने क्रममा उनले बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा भाग लिएका थिए । 
प्रमुख सम्झौताहरूको सूचीमा विपद् जोखिम न्यूनीकरण, मत्स्यपालन, डिजिटल अर्थतन्त्र र बीआरआईलगायत अन्य क्षेत्रहरू समावेश छन् ।
एकदिन अघि, मोहम्मद मुइज्जुले चीनको फुजियान प्रान्तमा माल्दिभ्स बिजनेस फोरमलाई सम्बोधन गरेका थिए । 
यस क्रममा उनले चीनलाई आफ्नो निकटतम सहयोगी भएको बताए । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको प्रशंसा गर्दै उनले चीन हाम्रो नजिकको सहयोगी भएको बताए । 
चिनियाँ परियोजनाका कारण माल्दिभ्समा पूर्वाधारको विकास भएको छ । उनले चीनबाट बढीभन्दा बढी पर्यटक माल्दिभ्स पुग्न आग्रह गरे ।
चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले राष्ट्रपति मुइज्जुले पदभार ग्रहण गरेपछि पहिलो पटक विदेश भ्रमण गरेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार