विपद् विज्ञले सुझाव दिए,‘ललितपुर महानगरका चार ठाउँमा उपकेन्द्र आवश्यक छ’

ललितपुर महानगरमा विपद जोखिम उपकेन्द्र खेल्ने तयारी 
बिहीबार, पुस २६, २०८०

ललितपुर । विपद् जोखिम व्यवस्थापन विज्ञहरूले ललितपुर महानगरमा चारवटा विपद् जोखिम व्यवस्थापन उपकेन्द्रहरू अत्यावश्यक भएको बताएका छन् ।  महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उनीहरूले सहरमा बढ्दै गएको जनघनत्व, सवारी चापलगायतका कारणले तीनवटा उपकेन्द्र पर्याप्त नभएको सुझाव दिए । महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतिमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न बजेट चालु आर्थिक वर्षमा पाँच करोड विनियोजन गरेको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जनघनत्व, साँघुरा सडक र बढ्दो सवारी चापका कारण कम्तीमा चार ठाउँमा उपकेन्द्र खोल्नु अत्यावश्यक भएको बताए । महानगरले विपद् जोखिम व्यवस्थापनामा महानगर पायोनियर भएको दाबी गरे । 
महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकमा रहेको जुद्धवारुण कार्यालयलाई केन्द्र मानेर सहरको अन्य तीन स्थानमा उपकेन्द्र खोल्न महानगरले दमकल खरिद गरेको बताए । उनले भने, ‘दुईवटा अत्याधुनिक दमकल किनेका छौंं, उपकरणहरू पनि थप्दै जानेछौं ।’ नगर प्रहरी पनि ५० जना थपेको उनले बताए । 
एनसेटका जिमी लामाले प्रस्तुतिकरण गर्दै भैसीपाटीमा एक उपकेन्द्र खोल्नुपर्ने सुझाव दिएका छन् । उनले भने , ‘उपकेन्द्र खोल्ने भनिएका अन्य तीन स्थान, दूरीलगायतलाई विश्लेषण गर्दा भैसीपाटीमा उपकेन्द्रको आवश्यकता देख्यौं ।’ 

WhatsApp-Image-2024-01-11-at-06.52.11-1704935532.jpeg
महानगर प्रमुख महर्जनले सबै काम एकै आर्थिक वर्षको बजेटबाट मात्रै संभव नहुने बताउँदै बहुवर्षीय योजनामा राखेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 
जिमी लामाले विपदको बेला रेस्पोन्स टाइम ९घटनाको जानकारी पाएपछि घटनास्थल पुग्ने समय० जति कम गर्न सक्यो त्यति नै क्षति कम हुने बताए । उपकरण र जनशक्तिसहितको उपकेन्द्रले रेस्पोन्स टाइम कम गर्न सकिने दाबी उनको छ । रेस्पोन्स टाइम जति घटाउन सक्यो त्यति क्षति कम हुने उनको भनाई थियो । प्रकोपको  क्षति न्यून गर्न स्थानीय स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो । जाजरकोटको भूकम्प पनि स्थानीय स्वयसेवकको भूमिकाकै कारण थप क्षति हुनबाट जोगाउन सकिएको उनको भनाइ छ । 
ललितपुरका प्रहरी प्रमुख शेखर खनालले प्राकृतिक प्रकोप र विपद्का बेला उद्धार गर्न खट्नुपर्ने प्रहरीको कर्तव्य भएको बताउँदै भने, ‘सबैभन्दा पहिला वडा तहमा भएका प्रहरीको खोजी हुन्छ, तर हामीसँग पर्याप्त उपकरण हुँदैन ।’ पर्याप्त उपकरण नहुँदा खतरा मोलेर नै प्रहरीहरू उद्धारमा जुट्नुपर्ने अवस्था रहेको उनले प्रष्ट पारे । त्यस्ता केन्द्रहरूमा पर्याप्त उपकरणको व्यवस्था हुन सके क्षति गर्न सकिने उनको भनाई थियो । उनले स्थानीय युवाहरूलाई तालिमको दिनुपर्ने सुझाव दिए । 
नेपाल रेडक्रस सोसाइटी ललितपुरका बाबुराजा महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय स्वयंसेवकलाई परिचालन गर्नु अत्यावश्यक भएको बताए । वडैपिच्छे तालिमप्राप्त स्वयंसेवकको समूह तयार पार्नुपर्ने धारणा उनको थियो । स्काउट ललितपुरलगायतले स्थानीय स्वयंसेवकलाई प्राथमिकता दिएर विपद् जोखिम व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो । 

WhatsApp-Image-2024-01-11-at-06.52.24-1704935531.jpeg

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार