केएमसीको विवादबारे संसदीय समितिको ध्यानाकर्षण

बुधबार, पुस २५, २०८०

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा एमडीएमएसमा भर्ना भएका विद्यार्थीको फिल्ड पोस्टिङ, क्याम्प र विद्यार्थी निलम्बन विषयको विवादबारे संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जानकारी लिएको छ । केएमसीमा केही समयदेखि विद्यार्थी र प्रशासनबीच विवाद चलेको छ । विवादकै कारण शैक्षिक वातावरणमा परेको असरका विषयमा समितिले गम्भीर चासो व्यक्त गरेको हो । त्यस विषयमा स्कुल आफ मेडिकल साइन्सको मिति ८०–९–१७ गतेको पत्र अनुसार निलम्बीत विद्यार्थी डा.विशद दाहालको निलम्बन स्थगन गरिएको भनेर उक्त कलेजलाई पठाएको पत्रको कार्यान्वयन नगरिएको र चिकित्सा शिक्षा आयोगले विश्व विद्यालयप्रति शिक्षण संस्थाको पाठ्यक्रम, शिक्षण विधि तथा संस्थाको जवाफदेहीता सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने गरी नीतिगत सुधार तथा मापदण्डको प्रतिवेदन तयार गर्न आयोगका उपाध्यक्षको संयोजकत्वमा पुस १७ गते कार्यदल गठन भई उक्त कार्य दलबाट समुदाय मुलक शिक्षाका विषयमा मापदण्ड तय गर्ने तयारी भएको देखिन्छ ।


जस अन्तर्गत हेल्थ क्याम्प, फिल्ड भिजिटलगायतका विषय समावेश हुने छन् । यसका साथै काठमाडौं विश्वविद्यालय स्कुल आफ मेडिकल साईन्चले पुष २० मा एमडिएमएस तहको हेल्थ क्याम्प, फिल्ड पोस्टिङ् सम्बन्धी कार्य विधि तर्जुमा एशोसिएट डिनको संयोजकत्वमा समिति गठन गरेको देखिन्छ । 
चिकित्सा शिक्षा आयोगबाट उल्लेखित नीति र सुधारका मापदण्ड र काठमाडौं विश्व विद्यालयबाट हेल्थ क्याम्प, फिल्ड सम्बन्धीका कार्य विधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थी खटाउने कार्य गर्न र निलम्बीत विद्यार्थी दाहालको निलम्बन तत्काल फिर्ता लिएर कलेजमा स्वच्छ वातावरण तयार गर्न काठमाडौं विश्व विद्यालय ऐन २०४८ को १३ क उपधारा ३ बमोजिम निर्देशन दिइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार