इजरायल–हमास युद्धमा करिब २३ हजारको मृत्यु

आइतबार, पुस २२, २०८०

काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् ।  आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरुको रिहाईको लागि इजरायलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । बन्धकका आफन्तले नेता न्याहु सरकारलाई हटाउन माग गरेका छन् । यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । इजरायली बन्धकहरूको हजारौं समर्थकहरूले शनिबार इजरायलको मुख्य शहर तेल अवीवको होस्टेज स्क्वायरमा प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।  विदेशी सञ्चारमाध्यमले यसलाई सरकारविरुद्ध जनआक्रोश भनेका छन् । मानिसहरूले नेतान्याहू र अन्य अधिकारीहरूलाई यस युद्धको लागि दोष दिएका छन् ।  गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । अक्टोबर ७ देखि इजरायली हमलामा कम्तिमा २२,७२२ प्यालेस्टाइनी मारिएका छन् भने ५८,१६६ जना घाइते भएका छन् । आतंकवादी हमलामा हालसम्म १,१३९ इजरायलीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार