ललितपुर महानगरपालिका २३ नं. वडाद्धारा ज्येष्ठ नागरिकलाई  सुगर र प्रेसरको निःशुल्क औषधि वितरण

औषधि लिन आएका ज्येष्ठ नागरिकको टीएचपीद्धरा सुगर र प्रेसरको पनि परीक्षण 
आइतबार, पुस २२, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ ले वडाका स्थायी बासिन्दा ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोस्रो चरणको सुगर र प्रेसरको औषधि उपलब्ध गराएको छ ।  वडा कार्यालयले शनिबार निःशुल्क रूपमा उपलव्ध गराएको दोस्रो लटको औषधि (माघ, फागुन र चैत) तीन महिनाका लागि हो । यसअघि वडा कार्यालयले गत कात्तिक महिनामा तीन महिनालाई पुग्ने औषधि निःशुल्क उपलव्ध गराएको थियो । 

416324124_1045666603406957_2504967345304748135_n-1704596378.jpg
वडा नं २३ को आव २०८०÷८१ को स्वास्थ्य तथा पोषण उपक्षेत्रअन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच तथा वर्षभरीका लागि औषधि वितरण कार्यक्रम अन्तर्गत वडाका स्थायी बासिन्दा ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुगर तथा प्रेसरको औषधि निःशुल्क वितरण गरिएको हो । 
वडा कार्यालयले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी तीन महिनालाई पुग्ने औषधि वितरण गरेको छ । औषधि वितरण कार्यको शुभारम्भ २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले गर्नुभयो ।

414812134_1102637594208482_3936118877233228448_n-1704596476.jpg
आफूले खाने औषधिको प्रेसक्रिप्सनसहित निवेदन दिएका ६८ वर्ष नाघेका स्थायी बासिन्दा ज्येष्ठ नागरिकलाई वडा कार्यालयले दोस्रो लटको निःशुल्क औषधि वितरण गरिएको २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो ।
वडाले ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रेसक्रिप्सनका आधारमा उहाँहरूले खाँदै भएको सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गरेको हो । 
निःशुल्क औषधि प्राप्तिका लागि ९७ जना ज्येष्ठ नागरिकले चिकित्सकको प्रेसक्रिप्सनसहित निवेदन दिएका थिए । 

415340553_741690487497722_7640322501845143292_n-1704596358.jpg
६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई वर्ष भरी नै सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्ने वडाको योजना अनुसार औषधि वितरण गरिएको हो । औषधि सकिनु एक साताअघि वडा कार्यालय आएर जानकारी गराए तुरुन्तै थप औषधिको व्यवस्था गर्ने प्रबन्ध पनि वडा कार्यालयले मिलाएको छ । 

416401000_1301427623821164_7151537729926424150_n-1704596358.jpg
औषधिमा फेर बदल भए लगत्तै वडा कार्यालयलाई पनि त्यसबारे जानकारी गराउन पनि वडा कार्यालयले ज्येष्ठ नागरिकलाई आह्वान गरेको छ । 
वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई उनीहरूले सेवन गरिरहेको सम्पूर्ण औषधि निःशुल्क उपलव्ध गराउने बारेमा गृहकार्य गरिरहेको छ । 

416357038_3629077334074186_2988755841283142471_n-1704596471.jpg
सोही अवसरमा औषधि लिन आएका ज्येष्ठ नागरिकहरूको टिएचपी (टोल हेल्थ प्रमोटर)हरूले सुगर र प्रेसरको परीक्षण पनि  गरेका थिए । निःशुल्क औषधि वितरण कार्यक्रममा २३ नं वडाका वडासदस्य किरण खड्का, वडा कार्यालयका कर्मचारी तथा अगुवा टोलवासीको उपस्थिति रहेको थियो । 
वडाले दिने निःशुल्क औषधि प्राप्त गर्न नागरिकताको प्रतिलिपि, बसाई सराई गरी आएकाको हकमा बसाईसराईको प्रमाणपत्र तथा दैनिक औषधिका लागि चिकित्सकले दिएको पूर्जीसहित निवेदन दिनुपर्नेछ । 

414990560_5455161131274325_7601063552895223126_n-1704596484.jpg

415025480_6944052495678752_7255489905895298109_n-1704596400.jpg

416505952_181645921673145_2112068593452626740_n-1704596482.jpg

414769923_1386103682276575_6942980835334962406_n-1704596442.jpg

415148300_384260034056081_4965016631980021114_n-1704596380.jpg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार