डकर्मीलाई ललितपुर महानगरको तालिम 

तालिम लिएका डकर्मी भन्छन्, ‘ हामीले धेरै सिक्यौँ, टोल टोलमा पुगेर घरधनीलाई पनि दिनुपर्‍यो’   
शनिबार, पुस २१, २०८०

ललितपुर । भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका दीपक महर्जनले तालिमपछि सिक्नुपर्ने विषय धेरै भएको महशुस गरे । काम गरेको धेरै वर्ष भएपनि भवन निर्माणसम्बन्धी धेरै कुरा बुझ्न बाँकी भएको बताए । भने, ‘डण्डीको ल्यापिङ गर्ने तरीका त यहाँ आएर मात्रै थाहा पाएँ, धेरै कुरा छन्, यहाँ आएर बुझेको  ।’ तालिम उपयोगी भएको बताउँदै भने, ‘ यो तालिम वडा वडामा लगेर घर धनीलाई दिनुप¥यो, उहाँहरुलाई पनि बलियो घर बनाउने तरिका बारे बुझाउनु पर्‍यो ।’ तालिम आयोजना गरेकोमा ललितपुर महानगरलाई उनले धन्यवाद दिए । ललितपुर महानगरले आयोजना गरेको दोस्रो चरणको भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी ७ दिने तालिममा दीपक जस्तै २३ जना सहभागी थिए । सिन्धुली घर भएका तालिमका एक सहभागी अहिले महानगरको वडा नंं।२१ मा कार्यरत छन् । उनी यो सीपलाई सिन्धुलीसम्म पु¥याउन चाहन्छन् । उनले भने, ‘सिन्धुलीमा पाखा पखेरो छ, बाढी पहिरो आउँछ, त्यहाँ पनि बलियो घर बनाउनुपर्छ ।’

WhatsApp-Image-2024-01-06-at-20.41.31-1704553066.jpeg
ललितपुर महानगरले यसअघि भूकम्प प्रतिरोधी सम्पदा निर्माण गर्न निर्माणकर्मीलाई तालिम दिएको थियो ।  तालिम समापनको दिन आयोजित कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले तालिमका सहभागी मध्ये प्रथम बाबुराजा महर्जन, दोस्रो दीपक महर्जन, तेस्रोे पतिराम चौधरीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । तालिममा सान्त्वना पुरस्कार प्राप्त गर्ने नामगेल तामाङ र रजनी सुनुवार थिए । यसैगरी तालिमका अन्य सहभागीले प्रमाणपत्र पाएका थिए ।  महानगर प्रमुख महर्जनले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान अनुरोध गरे । निर्माण क्षेत्रमा धेरै नयाँ प्रविधि भित्रिएको बताउँदै यस्ता तालिमले निर्माणकर्मीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए । वि।संं।२०७२ सालमा गएको भूकम्पमा ललितपुर महानगरका वडाहरुमा कम क्षति भएको स्मरण गरे ।  उनले भने, ‘भूकम्प प्रतिरोधी भवन निर्माणको नियम लागू गर्ने पहिलो पालिका थियो महानगर, त्यसैले तुलनात्मक रुपमा यहाँ क्षति कम भयो ।’ भवन भूकम्पप्रतिरोधी हुँदा क्षति कम हुने बताए ।  झिँगटीको छाना लगाउने दक्ष जनशक्तिको अभाव भएको बताउँदै झिँगटीको छानासम्बन्धी तालिम आयोजना गर्न सुझाव दिए । 

WhatsApp-Image-2024-01-06-at-20.41.47-1704553068.jpeg
शहरी योजना व्यवस्थापन समितिका संयोजक तथा वडा नंं।१३ का वडा अध्यक्ष गणेश केसीले तालिम महत्वपूर्ण भएको बताए । तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सके भूकम्प बाट हुने क्षति न्यून गर्न सकिने बताए । केसीले भिँगटीको छाना लगाउने सम्बन्धी तालिम सुरु गर्ने सम्बन्धमा निर्णय भइसकेको बताउँदै छिट्टै सुरु गर्ने जानकारी दिए ।  ललितपुर महानगर वडा नंं।८का वडाअध्यक्ष बाबुरत्न महर्जनले सिकेको सीप व्यवहार लागू गर्न सल्लाह दिए ।  महानगरकी इन्जिनियर वर्षा श्रेष्ठले नक्सापास, भवन निर्माणको मापदण्ड लगायत विषयमा चर्चा गरेकी थिइन् । तालिम सहजिकरण गर्ने संस्था ह्याबिटाट्स क्रिएसन्स प्रा।लिका आर्किटेक इन्जिनियर सविना तण्डुकारले तालिमले सहभागी निर्माणकर्मीमा भएको दुविधालाई समाधान गर्न सहयोग गरेको बताइन् । सहभागीहरु अन्तरक्रियात्मक ढंगबाट तालिममा सहभागी भएको बताउँदै प्रयोगात्मक ज्ञानको समेत व्यवस्था मिलाएको बताइन् ।

WhatsApp-Image-2024-01-06-at-20.41.38-(1)-1704553065.jpeg

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार