ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

५० विद्यालयका १ हजार विद्यार्थी सहभागी 
शुक्रबार, पुस २०, २०८०

ललितपुर । ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ललितपुर महानगरले आयोजना गरेको उक्त प्रतियोगिताको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रतियोगितामा ६६वटा खेल विधामा विद्यार्थी सहभागी हुनेछन् । महानगरभित्रका ५० विद्यालयका एक हजार छात्रछात्रा खेलमा सहभागी भएका छन् ।
भलिबल, दौड, रिले, लङजम्प, हाइजम्प, कपर्डी, कराते, तेक्वान्दो लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् । 

413386154_1397970414473674_365375041670174043_n-1704451127.jpg
प्रतियोगिताको उद्घाटन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको अधिकांश योजना र कार्यक्रम बालबालिका र विद्यार्थी लक्षित भएको बताए । खेलकुदको विभिन्न विधाको विकासका लागि महानगरले धेरै काम र लगानी गरेको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्नु महानगरको कतव्र्य भएको स्पष्ट पारे । उनले महानगर शिक्षा क्षेत्रको हब भएको दाबी गरे । 
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको बताइन् । खेलले व्यक्तिलाई अनुशासित बनाउने बताउँदै जीवनलाई खेलसँग ट्याली गर्न सक्नु महत्वपूर्ण भएको प्रष्ट पारिन् । उनले भनिन् ‘खेललाई जीवन जस्तो होइन,जीवनलाई खेलजस्तो बनाउन सक्नुभयोे भने, विद्यार्थी भाइबाहिनीले सबैतिर राम्रो गर्न सक्नुहुन्छ । ’

WhatsApp-Image-2024-01-05-at-16.13.23-1704451059.jpeg
सामाजिक विकास विकास समितिका अध्यक्ष एवंम प्रवक्ता राजु महर्जनले यो पटकको रनिङ शिल्ड प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताए । प्रतियोगितमा सहभागी भएपछि हार र जीत सामान्य भएको उनले स्पष्ट पारे । विद्यार्थीलाई संयमित भएर खेल्न अनुरोध गर्दै खेलकुद मानव जीवनको महत्वपूर्ण पाटो भएको बताए । 
सामाजिक विकास समितिका सदस्य एवंम वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले अनुशासित मर्यादित जीवनका लागि खेलकुद महत्वपूर्ण हुने बताए । खेलाडीलाई प्रोत्साहित गर्न महानगरले थुप्रै कार्यक्रमहरु आयोजना गरेको बताए । विद्यार्थीले प्रतियोगितामा गरेको प्रस्तुतिले विद्यार्थी स्वयंम र विद्यालयको पहिचान बताउने खड्काको भनाई थियो ।

412081024_1082652642767904_1373854522943397597_n-1704451126.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार