महिलालाई उद्यमी बनाउन ललितपुर महानगर १४ नं. वडाको अर्काे तालिम (भिडियो)

१० दिने जुत्ता बनाउने तालिममा १३ जना प्रशिक्षार्थी सहभागी 
बिहीबार, पुस १९, २०८०

तिखिदेवल (ललितपुर) । महिलालाई उद्यमी बनाउन ललितपुर महानगरपालिका वडा नं. १४ ले फेरि अर्काे सिपमूलक तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षमा वडाले सुरु गरेको  यो दोस्रो तालिम हो । यसअघि वडाले बच्चाहरूको ऊनी कपडा सिलाई तालिम आयोजना गरेको थियो ।  वडा नं. १४ आर्थिक वर्ष २०८०–२०८१ को कार्यक्रम अन्तर्गतको बजेटबाट वडास्तरीय महिला सञ्जालले तालिम कार्यक्रम आयोजना गरेको हो । 
१४ नं. वडा कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत महिलाहरूका लागि १० दिने तालिम कार्यक्रम आयोजना गरिएको हो । तालिम पुस २९ गतेसम्म चल्नेछ । वडा कार्यालय नजिकैको सामुदायिक भवन तिखिदेवलमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रममा १३ जना महिला सहभागी भएका छन् ।  तालिमका प्रशिक्षार्थीलाई १० दिनसम्म जुत्ता बनाउन सक्ने तुल्याउन प्रशिक्षकका रुपमा सुहाग जोशी तथा प्रतिमा शाक्य क्रियाशील छन् । 

Talim-14-1704377851.jpg
तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडाअध्यक्ष अमृतजंग महतले वडा नं. १४ को वडास्तरीय बजेटबाट महिलाहरूलाई उद्यमी बनाउने लक्ष्यका साथ कार्यक्रम बनाएको जानकारी दिँदै यो तालिमबाट पनि उद्यमी महिला उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।  वडाले उद्यमी महिलालाई लक्षित गरी १० लाख रुपैयाँ सिड मनिको व्यवस्था गरेको जनाउँदै उनले त्यसलाई उपयोग गर्न पनि आह्वान गर्नुभयो । कार्यक्रममा ललितपुर महानगर कार्यपालिका सदस्य सानुकाजी तोलाङगेले वडाले महिलाहरूको सीप उजागर गर्दै उद्यमी बनाउने लक्ष्य लिएको बताउनुभयो । 

talim-ko--1704377857.jpg
कार्यक्रमकी सभापति एवम् वडास्तरीय महिला सञ्जालकी संयोजक सहनशीला कार्कीले महिला दिदी बहिनीहरूलाई फुर्सदको समयमा आयमूलक काममा लगाउनका वडा कार्यालयले तालिम कार्यक्रम आयोजना गरेको बताउनुभयो ।  कार्यक्रममा वडा नं १४ का वडासचिव निशा भट्टराईले तालिमबाट कम्तिमा २५ प्रतिशत महिला उद्यमी बन्ने अपेक्षा वडा कार्यालयले राखेको बताउनु भयो । सहायक वडासचिव सूर्यप्रसाद पौडेलले वडा कार्यालयले महिलालाई उद्यमतर्फ लाग्न प्रोत्साहन गरेको बताउँदै आयआर्जनतर्फ लाग्दा वडा नै विकास हुने विश्वास व्यक्त गर्नुभयो ।  महिला सञ्जालकी सदस्य प्रमिला बुढाथोकीले कार्यक्रमका सहभागीहरूलाई स्वागत गरेकी थिइन् । 

416853007_10168142316220005_3245130186028004950_n-1704407504.jpg

416893228_10168142316190005_7286988164715167421_n-1704407504.jpg

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार