गाजाबाट फिर्ता हुन थाले इजरायली सेना 

मंगलबार, पुस १७, २०८०

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा तैनाथ आफ्ना सेनाहरु फिर्ता बोलाउन थालेको छ । रिजर्भ फोर्सका रुपमा खटिएकालाई सेनाहरुलाईइजरायलले फिर्ता बोलाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गाजामा हमास आतंककारीहरूविरुद्ध थप लक्षित आक्रमणहरू गर्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन यो निर्णय लिइएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अनिवार्य शैन्य तालिम लिनु पर्ने व्यवस्था भएकाले अहिलेको युद्धमा आम नागरिकहरु रिजर्भ फोर्सका रुपमा खटिएका थिए । जसका कारण अन्य कामकाज ठप्प हुँदा अर्थतन्त्रमा पनि असर परेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैन्य फिर्ता अभियान सुरु गरेका हुन् । 


इजरायली सेनाले गाजा पट्टीलाई ठूलो मात्रामा आफ्नो कब्जामा लिएको छ । इजरायलले गाजामा हमास आतंककारीहरू विरुद्ध सही जानकारीको आधारमामात्रै कारबाही (आक्रमण) गर्ने छ ।
इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म प्यालेस्टिनी क्षेत्रमा युद्ध जारी रहने बताएका छन् । उनले गाजाबाट फिर्ता गरिएका केही सेनालाई लेबनानसँगको सिमासहित अन्य सम्भावित मोर्चाहरूमा तैनाथ गरिने बताए । हमासको आक्रमणपछि इजरायलले अक्टोबर ७ मा गाजामा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० इजरायली नागरिक मारिएका थिए भने २४० भन्दा बढीलाई अपहरण गरी गाजा लगिएको थियो । तीमध्ये केहीलाई हमासले रिहा गरेको छ भने १२९ जना अझै पनि बन्दी छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार