रहेनन् अग्रज पत्रकार गोकुल पोखरेल 

मंगलबार, पुस १७, २०८०

ललितपुर । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ । उनी ८७ वर्षका थिए । दमको समस्याबाट पोखरेल लामो समयदेखि पीडित थिए । धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबार मात्रै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ । स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन् ।  उनी  २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक थिए । गोरखापत्रको साहित्यिक सहप्रकाशन मधुपर्क मासिकको २०३६ सालमा कामु सम्पादक भएका थिए भने २०३८ सालमा सम्पादकको जिम्मेवारीमा थिए । गोरखापत्रकै सहप्रकाशन मुना बालपत्रिकाको सुरुवातदेखि पोखरेल प्रधान सम्पादक थिए । राष्ट्रिय समाचार समितिका सम्पादकसमेत भएका पोखरेल राष्ट्रिय मानव अधिकार आयोगको सदस्य पनि थिए । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य समेत भएका थिए । पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भए ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार