बालकुमारी गोलीकाण्डः पीडितलाई अन्याय हुन नदिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

सोमबार, पुस १६, २०८०

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पुष १३ गते शुक्रबार इपिएस भाषा परीक्षाको बिषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतीपूर्ती दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
साथै समितिले उक्त घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न पनि निर्देशन दिएको छ । 
समितिको निणर्य सुनाउँदै सभापति रामहरी खतिवडाले भने,‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने ।’
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयलाई घटनाका सम्बन्धित साना कर्मचारीहरु मात्रै निलम्वन गर्ने र अरु उम्किने अवस्था सिर्जना हुननदिन समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।
सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकमा यस बिषयमा सांसदहरुले चिन्ता जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । 
यस प्रकारको घटना अब नहोस भनि सम्बन्धित सबै पक्ष सजक रहन नेपाल सरकार, प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिन सांसदहरुले माग गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार