उच्च प्रशासनिक निकायमा अर्धनग्न प्रदर्शन गर्ने १४ जना पक्राउ 

सोमबार, पुस १६, २०८०

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट युवाले विभिन्न उच्च प्रशासनिक निकायमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । उनीहरुले ललितपुरस्थित पुल्चोकको मन्त्री निवास, प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको दुई र तीन नम्बर गेटअगाडि  अर्धनग्न प्रदर्शन गरेका हुन् ।  बालकुमारी घटना, एनसल सेयर प्रकरणलगायतका विभिन्न काण्डमा सरकारप्रति असन्तुष्टि पोख्दै विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए । उनले भने, ‘हामी नांगिएर प्रदर्शन गर्नुमा सांकेतिक अर्थ सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो ।’

Photo-(2)-1704113733.jpeg
यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएको भट्टको भनाइ छ । 
उच्च प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार नै प्रदर्शन गरेको युवा संगठनले जनाएको छ । बालुवाटारलगायत विभिन्न स्थानबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको अध्यक्ष भट्टले बताएका छन् । 

Photo-(3)-(1)-1704113733.jpeg

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार