सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

सोमबार, पुस १६, २०८०

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो । भूकम्पले गरेको क्षतिबारे अझै विवरण आएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो  बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो । सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौंमा पनि महसुस भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार