महाँकाल गाउँपालिकामा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता 

गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वसन 
आइतबार, वैशाख २३, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर (महाँकाल) । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा हिजो देखि प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।  प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गरे ।  दक्षिण ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा हिजोदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ प्रतियोगिता यही वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । 

WhatsApp-Image-2024-05-04-at-13.53.30-1714912775.jpeg
भलिवल प्रतियोगिता उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महाँकाललाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए ।  प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न निर्देशन दिने बताए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने उनको भनाई थियो । 

WhatsApp-Image-2024-05-04-at-13.53.29-1714912774.jpeg
WhatsApp-Image-2024-05-04-at-13.53.31-1714912768.jpeg
WhatsApp-Image-2024-05-04-at-13.53.33-1714912767.jpeg
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार