बालकुमारी घटनाको विरोधमा युवा संघको प्रदर्शन

आइतबार, पुस १५, २०८०

काठमाडौं । बालकुमारी घटनाका दोषीमाथि कारबाहीको माग राख्दै एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आइतबार प्रदर्शन गरेको छ । ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको थियो । कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर युवा संघले बालकुमारी चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागी मंगल थापाले युवाहरुलाई दमन गर्ने, मार्ने सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखे । उनले शुक्रबार भएको घटना राष्ट्र र युवाको लागि स्वीकार्य नभएको भन्दै यस्ता कार्यको विरुद्धमा राष्ट्रिय युवा संघ निरन्तर लागिरहेको बताए ।  उनले भने, ‘नेपालका युवाहरुलाई दमन गर्ने, मार्ने यो सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ । अब सरकारमा बस्ने कुनै पनि नैतिक अधिकार छैन । युवा मार्न बन्द गर्नुपर्छ, राज्यको दमन हामीलाई स्वीकार्य छैन ।’  प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए ।
 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार