ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

आइतबार, पुस १५, २०८०

काठमाडौँ । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा ग्राहकलाई क्युआर पेमेन्ट प्रयोग गर्दा १७ प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत बैंकले कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक दिनेछ । ग्राहकलाई पुस १६ देखि माघ १७ सम्म बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट योजना अवधिभर पिओएस मेसिनमार्फत गरिने १० वटा बढी २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराइने बैंकले बताएको छ।
बैंकमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ। जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रम गरेको हो । यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ। काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो ।

GIBL-16th-anniversary-1704018742.jpg
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिर मुख्य-मुख्य सहरहरु परिक्रमा गरेका थिए । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरु अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा करिब ४ हजार कर्मचारी कार्यरत छन्। बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार