प्रदेश सभामा सञ्चार विधेयक पेश गर्ने तयारी 

बिहीबार, पुस १२, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।  त्यसका लागि प्रदेश मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए ।  मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताए । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताए । यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदनप्रदेश सभामा पेश गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार