काठमाडौं महानगरमा पनि स्वास्थ्य बीमा 

एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार 
बुधबार, पुस ११, २०८०

ललितपुर । स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न काठमाडौं महानगर र स्वास्थ्य बिमा बोर्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा। मदनकुमार उपाध्यायले हस्ताक्षर गरे ।  स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । 
‘बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगर अन्तर्गत रहेको प्रवद्र्धन केन्द्रलाई शोध भर्ना गर्नेछ । महानगरले तयार पारेका स्वास्थ्य प्रबद्र्धन केन्द्रहरु बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।
महानगरले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुको पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिको काम गरिरहेको छ । सबै ९१—३२० वडाका लागि बिमा दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीको तालिमपछि बिमित भएको मितिले ३ महिनापछि सेवाग्राहीले सुरु सम्पर्क विन्दू ९स्वास्थ्य प्रवर्धन केन्द्र० बाट सेवा सुविधा प्राप्त गर्नेछन् । 
कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीहरुलाई स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण गर्ने विभागले योजना बनाएको छ । 
स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति
प्रमुखको अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति हुनेछ । समितिको सदस्यमा प्रमुखले मनोनित गर्ने, धेरै जनसंख्या भएका वडामध्येबाट १ जना वडाध्यक्ष, सेवा प्रदायक संस्थाको प्रतिनिधि १ जना, स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेको व्यक्ति १ जना, महिला स्वयमसेविका १ जना, स्वास्थ्य हेर्ने शाखा प्रमुख १ जना, सम्बन्धित पालिका हेर्ने स्वास्थ्य बिमा बोर्डको दर्ता अधिकारी १ जना सदस्य रहने छन् । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत वा उहाँले तोक्नु भएको अधिकारी रहनु हुनेछ ।   

समितिको काम 
स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवद्र्धनात्मक कार्ममा सहयोग गर्नेछ । सरकारी,सार्वजनिक संस्थाहरुका कर्मचारी र परिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन नियमावलीले तोके बमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आवद्ध गर्नेछ । अति गरिब परिवारलाई कार्यक्रममा आवद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्नेछ । नसर्ने रोगका लागि कार्यक्रमले दिई आएको सुविधा उपलव्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ । 
बिमाबाट प्रदान गरिने औषधिहरु पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका फार्मेसीमा उपलव्ध हुने व्यवस्थामा सहयोग गर्ने, गराउनेछ । स्वास्थ्य संस्थाहरुमा चिकित्सकको उपलव्धता हुने व्यवस्था गर्ने, गराउनेछ । कार्यक्रमगत रुपमा बोर्डलाई ससर्त अनुदान उपलव्ध गराउन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार