सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकामा  फेरी देखिन थाल्यो कोरोना 

बुधबार, पुस ११, २०८०

बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका विभिन्न ठाउँहरुबाट सुदूरपश्चिम प्रवेश गर्नेहरुमध्ये केहीँमा कोभिड संक्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ संक्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परिक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा संक्रमण देखा परेको थियो। अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भईसकेको  छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ । यस्तै,आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आइतबार भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको थियो । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए। भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार