आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, देशभरका विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन 

जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री
बुधबार, पुस ११, २०८०

काठमाडौं । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।  
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउन थालिएको बताइएको हो । 
ज्येष्ठ नागरिक दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ ।
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।  
शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो ।

Jesta-1703649670.jpg

जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमासम्पूर्ण ज्येष्ठ नागरिक नेपालीलाई तथा शुभकामना दिएका छन् ।  
दहालले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका हुन् । 
उनले ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार संधै सक्रिय रहेको उल्लेख गरे । 
यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको समेत प्रत्रानमन्त्रीको सन्देश पत्रमा उल्लेख गरिएको छ ।

PM Dahal1699181993.jpg
दहालले जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको बताए । 
प्रधानमन्त्री दाहालले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उनीहरुलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरु विस्तारै गुणस्तरीय बनाउने विश्वास दिलाए । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार