आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने 

बुधबार, पुस ११, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुर्इ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ । आज राति कोशी र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
भोलि बिहीवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।   पर्सि शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। 
राति सुदुर पश्चिम, कर्णाली, लुम्बिनि, गण्डकी प्रदेश लगायत  कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुर्इ स्थानमा हल्का हिमपातको संभाबना रहेकोले चिसोबाट बच्न आवश्यक सत्तर्करता  अपनाउनुहुन पनि विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार