तीनवटा जहाज खरिद प्रक्रियाको अन्तिममा छौं : मन्त्री किराती 

मंगलबार, पुस १०, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्गम क्षेत्रहरूमा उडान गर्न तीनवटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारको मंगलबार वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरे । दुर्गम क्षेत्रहरूमा उडान गर्न सरकार तीनवटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उनको भनाई छ । 
उनले भने, ‘हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । नेपाल वायु सेवा निगमको क्षेत्रमा आएको एक महिनामा हामीले इ–टिकेटिङ लागू ग¥यौ । भर्खरै मात्र तीनवटा जहाज खरिदको अन्तिम चरणको प्रक्रियामा अगाडि बढिरहेको छौं ।’ 
१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै निगमसँग ६ वटा जहाज हुने पनि उनले बताए । उनले भने, ‘१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीन अटर जहाजलाई पुनः मर्मत गर्दैछौं । त्यसलाई चाँडै सञ्चालनमा ल्याउने छौं । हामीसँग त्यसपछि ६ वटा ट्वीन अटर जहाजहरु हुनेछ ।’ 
हवाई उडान हुन नसकेका २२ वटा विमानस्थलहरू सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको जिकिर उनले गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार