अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

मंगलबार, पुस १०, २०८०

मुगु । मुगुको सोरु गाउँपालिका–९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले यसअघि सुरजकी झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ । 


अनमी विकलाई घरबाट निकाल्न खोजेका शाहीले घटना बाहिर आएपछि समेत सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द उल्लेख गरेर पोष्ट गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार