आजको मौसम

तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

सोमबार, पुस ९, २०८०

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागको मौसम  आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने जनाएको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । 
बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । 
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार