शिक्षा विधेयक छिटो निष्कर्षमा पुर्‍याउन मन्त्री राईको आग्रह 

आइतबार, पुस ८, २०८०

काठमाडौं । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन संसदीय समितिसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको शिक्षा समितिमा उनले शिक्षामा भएको लगानीलाई फलदायी बनाउन विधेयक छिटो पास भएर कार्यान्वयनमा जान जरुरी रहेको उनले बताए । समितिले नियमित बैठक राखेर छलफलसँगै विधेयक चाँडो टुंगो लगाउन आवश्यक भएको उनको भनाइ थियो ।
मन्त्री राईले भने, ‘यो ऐन धेरै नै महत्वपूर्ण छ । हाम्रो राष्ट्रिय शिक्षा पद्धतिलाई कसरी अगाडि बढाउने, प्रभावकारी बनाउने र आजसम्म शिक्षामा भएको लगानीलाई फलदायी कसरी बनाउने भन्नेमा समय मन्त्रालयको तर्फबाट मिलाउँछौं । नियमित बैठक राखेर यसलाई टुंग्याइदिन पाए मुलुकको ठूलो कल्याण हुने थियो ।’ शिक्षकहरुको सेवा सुविधा र शिक्षा क्षेत्रमा खेल्नुपर्ने भूमिका र जिम्मेवारीलाई पनि सुनिश्चित गर्न आवश्यक रहेको भनाइ पनि उनले राखे ।   उनले भने,‘शिक्षकहरुको सेवा सुविधा उहाँहरुको हक अधिकार र उहाँहरुले  खेल्नुपर्ने भूमिका, जिम्मेवारी र कर्तव्यलाई पनि सुनिश्चित गर्नुपर्ने अवस्था छ ।’ 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार